नेपाली चलचित्र ‘प्रकाश’को टोली प्रचारप्रसारको लागि हेटौंडामा आईपुगेका छन् । यही भदौ १० गतेदेखि देशको विभिन्न हलहरुमा प्रदर्शनमा आउने चलचित्र ‘प्रकाश’को प्रचारप्रसारको क्रममा चलचित्र टोली हेटौंडा आईपुगेका हुन् । आइतबार हेटौंडामा प्रेसमिट गर्दै चलचित्रको बारेमा जनाकारी दिएका छन् । करिब २ करोड ५० लाखको लगानीमा निर्माण गरिएको चलचित्र दर्शकले मनपराउनेमा निर्माण टिम आशावादी रहेको बताएका छन् ।

चलचित्र प्रसाद, पर्व, क्लासिकमा सहायक निर्देशन गरिसकेका चलचित्र प्रकाशका लेखक विकास सुवेदीले आफुले जुम्लाको महिलाको कथा बुझ्न लामो समय जुम्लामा बसेर कथा लेखन कार्य गरेको बताए । जुम्लाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा एकल महिला, उनको छोरो र गाउँका कथाव्यथालाई चलचित्रमा उतारेको उनले बताए ।