Comments Add Comment

सानोपोखरामा सञ्चालित फुड बैंकबाट हालसम्म ३०१ परिवारलाई खाद्यान्न वितरण

हेटौंडा–५ सानोपोखरामा सञ्चालित फुड बैंकको आठौ दिन सम्म ३०१ परिवारलाई खाद्यान्न वितरण गरिएको छ । खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबका अध्यक्ष उमेश महतको संयोजकत्वमा सञ्चालनमा ल्याएको फुड बैंक बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला रहने गरेको छ । फुड बैंकले प्रतिव्यक्ति ४ किलो चामल, दाल, तेल, नुन लगायतको खाद्यान्न हस्तान्तरण गर्ने गरेको छ ।

बिहिबार बाल जागृती बोर्डिङ स्कुलका शिक्षिका उर्मिला राई बकैया गाउँपालिका काङ्ग्रेस सभापति भुमीनन्दन गौतमले ५० परिवारलाई खाद्यान्न वितरण गरिएको क्लबका सल्लाहकार विशालराज महतले जानकारी दिएका छन् । खाद्यान्न वितरण कार्यक्रममा क्लबका कोषाध्यक्ष माधवलाल श्रेष्ठ, सचिव उत्तर दुलाल, क्लबका सक्रिय सदस्यहरु विष्णु पुडासैनी ,सुमन महत , सरोज मुक्तान क्लबका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो । त्यस्तै भोलि सानोपोखराको फुड बैंकलाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँले खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको महतले बताएका छन् । कार्यक्रममा ५ नम्बर वडा युवा क्लबले स्वंमसेवकको भुमिका निर्वाह गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर