2025-11-07 3:43 am

भिर मौरीले टोक्दा चितवनमा एक वृद्धाको मृत्यु

भिर मौरीले टोक्दा चितवनमा एक वृद्धाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका ९ बेलटाडीकी ७६ वर्षीय वृद्धा ठगिया थरूनीको मौरीको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घरमा बसिरहेकी ठगियालाई आइतबार दिउँसो भिर मौरीले टोकेको थियो । गम्भीर घाइते उनको उपचारका क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए।

About the Author

Ad
Ad