आजको पञ्चाङ्ग

वि.सं. २०७६ पुस २१। सोमबार। इ.स. २०२० जनवरी ६। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० पोहेलाथ्व। पौष शुक्लपक्ष। एकादशी, २५:५३ उप्रान्त द्वादशी। नक्षत्र– भरणी, १२:४२ बजेउप्रान्त कृत्तिका। योग– साध्य, २२:४४ बजेउप्रान्त शुभ। करण– वणिज, १३:२३ बजेदेखि भद्रा, २५:५३ बजेउप्रान्त वव। आनन्दादिमा चर योग। चन्द्रराशि– मेष, १९:०५ बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:२१ बजे र दिनमान २६ घडी ० पला। पुत्रदा एकादशी व्रत। मन्वादि।

रासीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

काममा विभिन्न अवसर पाइनेछ । समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन ।

वृष (इ, , , , वा, वि, वु, वे, वो)

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।

मिथुन (का, कि, कु, , , , के, को, हा)

व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, , , , पे, पो)

आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाईमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार ब्यबसायमा फाइदा हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

साथीभाईको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन ।