Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

ट्युवेल बनेपछि वनकरिया हर्षित

Company Register

खानेपानीको समस्या झेल्दै आएका लोपोन्मुख जाति वनकरियावस्तीमा दश वटा ट्युवेल संचालनमा आएपछि खुशी भएका छन् । आदिवासी मामिलाहरुको लागि अन्तर्राष्ट्रिय कार्य समूह (आईडब्लुजीआईए)को आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ मार्फत् ट्युवेल निर्माण गरिएको हो । २० घर रहेको वनकारियावस्तीमा तीन लाख ३० हजार रुपैंयाको लागतमा दश वटा ट्युवेल निर्माण गरिएको छ । खोल्साको पानीको पर्याप्त हुने र कुलोको पानी प्रदुषित भएपछि वनकारियाहरु पानीको समस्यामा थिए ।

Advertisement

मनहरी गाउँपालिका वडा नम्बर– ४ का अध्यक्ष ध्रुव खड्काले आईतबार ट्युवेलको उद्घाटन गरेको थिए । ट्युवेल निर्माण गर्न सन्तोषी वनकारियाको संयोजकत्वमा खानेपानी व्यवस्थापन समितिले समन्वय गरेको थियो । वनकरिया महिला विकास संघकी अध्यक्ष माया वनकरियाले ट्युवेल निर्माण भएपछि भाँडा माझ्न, लुगा धुन कुलोको मलमुत्र मिसिएको पानी प्रयोग गर्नबाट मुक्ती पाएको बताईन् ।

यसैविच, कोभिड–१९ का कारण बेरोजगार भएका वनकरिया महिलालाई खाद्यान्न वितरण गरिएको छ । १९ वनकारिया परिवारका महिलालाई चामल १ बोरा, तेल र नुन प्रदान गरिएको थियो । साथै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले वनकरिया समुदायमा भुमी अधिकारसम्वन्धी वकालत कार्यक्रम गरेको छ । कार्यक्रममा महासंघकी कोषाध्यक्ष निर्मला भुजेल र सचिव सावित्रा चेपाङले सहजिकरण गरेका थिए । ट्वाङ्ग्रे डाँडा वनकरिया विकास समितिकी अध्यक्ष सन्तमाया वनकरियाको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ का वडा सचिव विदुर पाठक, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी कोषाध्यक्ष निर्मला भुजेल, सचिव सावित्रा चेपाङ लगायतको आतिथ्य रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...