मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा किसानले तरकारी खेती गरी मनग्य आमदानी गर्दैछ । स्थानीय सरकार आएपछि किसानहरुमा केही राहत पुगेको पाईन्छ । मकवानपुरगढीमा ८ वटा वडाहरु रहेका छन् । ८ वटा वडाहरु मध्ये धेरैजसो वडामा तरकारी खेती गर्न सकिने माटो रहेको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए । कृषि शाखा प्रमुख चौधरीका अनुसार गाउँपाकिाको अनुदानमा टानेल र तरकारीको बिउ पाएपछि किसानहरु तरकारी खेती गर्न जागरुक भएका छन् । गाउँपालिकाले यस्तो सुविधा दिएपछि विदेशीन लागेका युवाहरु समेत तरकारी खेती गर्न थालिएका छन् ।

No description available.

यसैक्रममा वडा नंम्बर ५ स्थित लिङ्गेडाँडाका किसान जित बहादुर स्याङ्तानले तरकारी खेती गरी मनग्य आमदानी गरिरहेका छन् । स्थानीय तह आउनु भन्दा अघि गरिबीका कारण स्याङ्तान विदेशीन बाध्य भएका थिए । उनि ३ वर्ष खाडी मुलुक बसेर घर फर्किए तर उनको जीवनयापन पहिलेकै जस्तै भयो । उनि फेरी विदेश जान खोजिरहँदा २०७४ सालमा स्थानीय तहको पहिलो चुनाव भयो र स्थानीय सरकार आयो । स्थानीय सरकार आएर हामी जस्तो किसानलाई धेरै नै राहत पुगेको उनि बताउँछन् । गाउँपालिकाले कृषिलाई प्राथमिकता दिएर काम गरेकोमा उनि निकै खुशी भएका छन् । उनले अहिले गाउँपालिकाको अनुदानमा टेनल बनाएर तरकारी खेती गरिरहेका छन् । उनले अहिले टनेल भित्र गोलभेडा , साग , तितेकरेला , भिन्टी लगायत थुप्रै तरकारी लगाएका छन् ।

No description available.

उनले गाउँपलिकाका कृषि प्रमुख चौधरीको सल्लाहमा मौसमी तरकारी खेती गर्छन् । उनले अहिले तरकारीबाट मासिक ७०/८० हजार रुपैयाँ आमदानी गर्छन् । तरकारी मात्र नभई उनले गाउँपालिकाको अनुदानमा गाई पालन पनि गरेको छ । उनले दुधबाट मासिक ३०/४० हजार र बाख्रापालनबाट वार्षिक ८०/९० हजार आमदानी गर्छन् । उनले भने तरकारीको बजार नहुँदा कहिलेकाँही टनेलमै त्यतिकै तरकारी कुहिर खेर जान्छ । गाउँपालिकाले अब तरकारी उत्पादनमा मात्र नभई बिक्रीमा पनि ध्यान दिनु पर्ने उनले भने ।

No description available.

तरकारी खेती गर्दा सुरुमा केही लगानी गर्नु परेपनि त्यो लगानी उठाउँन धेरै समय नलाग्ने उनले सुनाए । आफ्नै गाउँघरमा बसेर तरकारी खेती गरौँ तरकारी खेतीबाट घाटा नहुने उनले सुनाए । तरकारी खेतीबाट आफु सन्तुष्टि भएकोले अरु युवाहरुलाई पनि यही पेशामा संलग्न भई काम गर्न उनले आग्रह गरे । मान्छेले गर्न चाहे सबै कुरा पुरा हुने गर्छन् त्यही भएर युवाहरु विदेशीनु भन्दा गाउँघरमै तरकारी खेती गरेर आमदानी आयआर्जन गरौँ अन्तमा उनले सुनाए ।