हेटौंडा– ७ स्थित नागस्वतीमा जारी प्रथम नागस्वती भेट्रान्स कप फूटबल प्रतियोगिताको उपाधि आयोजक नागस्वती भेट्रान्सले उचालेको छ । आज भएको फाईनल खेलमा चियापप भेट्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि उचालेको हो ।

खेलको पहिलो हाफमा दुबै टोलीबाट सम्मान १–१ गोलको बराबरी खेलिएपछि दोस्रो हाफमा आयोजकको तर्फबाट एक गोल थप्दै २–१ गोलको अन्तर बनाएको थियो । खेलको म्यान अफ द म्याच आयोजक नागस्वती भेट्रान्सका राज कुमार घिसिङ घोषित भए । जितसँगै आयोजकले नगद २ लाख एक हजार प्राप्त गरेका छन् भने उपविजेता चियापप भेट्रान्सले १ लाख एक हजारमा चित्त बुझाएका छन् । आयोजकले सेमिफाईनलमा बगरभाई भेट्रान्स पोखरालाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो भने चियापप भेट्रान्सले जोपाटी भेट्रान्सलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो ।