2025-11-09 1:28 pm

मकवानपुरका अमिर श्रेष्ठले उत्कृष्ट खेल खेल्दै बुलेट बाइक पाए

मकवानपुरको वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुर ११ का अमिर श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुँदै रोयल इनफिल्ड बुलेट बाइक जितेका छन् । प्रतियोगिताभर उत्कृष्ट खेल खेलेको भन्दै उनलाई उत्कृष्ट खेलाडी घोषित गरेका हुन् । उनले पाँच लाख पन्ध्र हजार रुपैँया पर्ने रोयल इनफिल्ड बुलेट बाईक पाएका छन् । उत्कृष्ट खेलाडीलाई रोयल इनफिल्ड बुलेट बाइक हेटौंडा स्कूल अफ म्यानेजमेन्टले प्रायोजन गरेको थियो ।

शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले उपाधि जितेको छ । फाइनल खेलमा साविक विजेता आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ लाई १–० गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मीले १० लाख पुरस्कार राशीसहित उपाधि जितेको हो । आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ उपविजेता हुँदै पाँच लाख रुपैयाँमा चित्त बुझाएका छन् ।

About the Author

Ad
Ad