बगमती प्रदेश सरकारले आज मकवानपुर सहित ३ जिल्लामा सार्वजनिक विदा दिएको छ । आज चेपाङ समुदायको पर्व न्वागीको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । बागमती प्रदेशको मकवानपुर , चितपन र धादिङमा चेपाङ जातीको बसोबास रहेकोे आज सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । सरकारको गत चैत्र ९ गतेको निर्णय अनुसार न्वागीको अवसरमा विदा दिइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।