Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

राक्सिराङ्गमा नागरिकता दिलाउन प्रदेश सांसद र गाउँपालिका अध्यक्ष नै पुगे प्रशासन

Company Register

मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका स्थानीयलाई नागरिकता प्राप्तीको लागि सहजीकरण गर्न गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र त्यस क्षेत्रका प्रदेशसभा सांसदसमेत स्वयम् जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जनप्रतिनिधिको सहजीकरणमा राक्सिराङ गाउँपालिकाको धिराङ, दाम्राङ, गर्लिङ र जुरेथुमका ६० जनाले आइतबार एकसाथ नागरिकता प्राप्त गरेका हुन् । खाजा, खाना र गाडीको समेत सेवा दिएर जनप्रतिनिधिले प्रशासन कार्यालयमा आएर एकैदिन सबैलाई नागरिकता दिलाएका हुन् । धिराङ स्थायी निवासी बागमती प्रदेशसभा सांसद सन्तबहादुर प्रजा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, ७ नम्बर वडाध्यक्ष कुलबहादुर प्रजा, १ नम्बर वडाध्यक्ष कान्छाराम रुम्बा आफैं जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेका थिए ।

Advertisement

विकट गाउँबाट सदरमुकामसम्म आएर नागरपकता बनाउन गाउँबासीले एकैदिनमा काम सक्याउन नसक्ने अवस्था रहेकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै आफूहरुले नै सहजीकरण गरेर गाउँबासीलाई नागरिकता दिलाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । नागरिकता बनाउन बाँकी रहेकाहरुको तथ्याङ्क संकलन गरी आवश्यक कागजातसमेत जुटाउन लगाएर जनप्रतिनिधिले गाउँबासीलाई प्रशासन कार्यालयसम्म ल्याएका थिए । प्रशासन परिसरमा बसेर वडाध्यक्ष प्रजाले नागरिकताको सिफारिस दिएका थिए । गाउँका १६ वर्षदेखि ७१ वर्षसम्मकाले नागरिकता लिएका थिए । नागरिकता लिने र सनाखत गर्न आउने करिब एकसय २० जनाभन्दा बढी स्थानीयलाई प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले खाजा र पानीको व्यवस्था गरेका थिए । विकट गाउँका नागरिकलाई नागरिकता बनाउन आउन यातायातको असुविधा, बाँस नै बस्नुपर्ने बाध्यता, आवश्यक कागजपत्रबारे अनविज्ञतालगायतको कारण असहज भएका कारण आफूहरुले सहजीकरण गरेको गाउँपालिका अध्यक्ष मल्लले बताए । नागरिकता बनाउन छुटेका अन्य वडाका बासिन्दालाई पनि नागरिकता बनाउन यस्तै सहजीकरण जारी राख्ने उनले बताए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...