
मकवानपुर प्रहरीले लागुऔषध डाइजेपाम ३३ एम्पु्ल, २६ बोतल वनरेक्ससहित ३ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी टोलीले हेटौंडा–१३ पदमपोखरीस्थित सडक खण्डबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–१३ का २३ वर्षीय निक्मा लामा रहेको प्रहरीले जनाएको छ । चेकजाँचका क्रममा उनको साथबाट प्रहरीले डाईजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नुफिन १ एम्पुल गरी ३ एम्पुललाई १ सेट बनाई राखेको अवस्थामा ११ सेटमा ३३ एम्पुल लागू औषध डाईजेपाम फेला परेको उल्लेख गरेको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–४ स्कुल रोडस्थित सडकखण्डमा पैदल हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरुले बोकेको झोलामा २६ बोतल वनरेक्ससहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा हेटौंडा–१० घर भई हेटौंडा–८ बस्ने ३१ वर्षीय राजेश विक र गढी गाउँपालिका–७ घर भई हाल हेटौंडा–५ बस्ने २६ वर्षीय मानविर थिङ रहेको प्रहरीले जानकारी दिएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




