
सर्पको टोकाइबाट दाङमा एक महिलाको मुत्यु भएको छ। मुत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १२ कुईरेपानी निवासी ३१ वर्षीया बृहस्पति चौधरी रहेको प्रहरीले बताएइको छ। चौधरी घरमा सुतिरहेको अवस्थामा मंगलबार विहान २ वजेतिर विषालु सर्पले डसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
चौधरीलाई उपचार लागि नेपालगन्जतर्फ लैजाँदै गर्दा दिउँसो मुत्यु भएको प्रहरीले बताएको छ। त्यसैगरी राप्ती नदीमा बगेर वेपत्ता भएका लमही नगरपालिका ९ तरुले बस्ने ८२ वर्षीय बृद्ध झुपलाल नेपालीको शव फेला परेको छ। गत साउन ३२ गते कोलतराबाट घर फर्किने क्रममा राप्ती नदीमा खसेर उनी बेपत्ता भएका थिए । वेपत्ता भएदेखि नै खोजी कार्य गर्ने क्रममा तिन दिन पछि मंगलबार विहान बाँकेको राप्ती सोनारी गाउँपालिका ३ खैरेनीस्थित राप्ती नदीको बीच टापुमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख विनोद विक्रम शाहले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




