यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युएइविरुद्ध नेपालले ९ रनले जित हात पारेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएको थियो ।

यूएईका लागि आसिफ खानले १०१ तथा वृत्य अरविन्दले ९४ रनको योगदान दिएका थिए । जवाफी ब्याटिङमा उत्रेको नेपालका लागि चार जना खेलाडीले अर्ध शतकीय पारी खेले । भीम सार्कीले ६७ रन, आरिफ शेखले ५२ रन बनाउँदा गुल्शन झा र कुशल भुर्तेलले समान ५०र५० रन बनाए । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जितसँगै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ ।

अनलाइनपत्र संवाददाता

Next Post

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासको मत लिने

Fri Mar 17 , 2023
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यहि चैत ८ गते विश्वासको मत लिने भएका छन् । प्रदेश सभामा बिहिबार उनले विश्वासको मत लिनको लागि प्रस्ताव पेश गरेका छन् । नेकपा माओवादी , नेकपा एमाले र राप्रपाको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्री भएको जम्मकट्टेल राप्रपाले सरकारको समर्थन फिर्ता लिएपछि फेरी विश्वासको […]

सम्बन्धित खबर