Comments Add Comment

चितवन मेडिकल कलेजको होस्टेलबाट पाँच सुरक्षा गार्ड प्रहरी नियन्त्रणमा

चितवन,मंसिर ७- चितवन मेडिकल कलेजको कैलाशनगर स्थित होस्टल परिसरमा पेस्तोल फेला परेपछि प्रहरीले पाँचजना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएको छ । कलेजको कम्पाउण्ड भित्रको कर्नरमा पेस्तोल भेटिएपछि सोधपुछका लागि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । होस्टेल परिसर प्रहरीले केहीबेर घेराउ गरेको थियो । सामान्य सोधपुछका लागि सुरक्षा गार्डलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए । उनले होस्टलभित्र ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली भेटिएको बताए ।

मेडिकल कलेज प्रशासनले लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै चितवन मेडिकल कलेजका विद्याथीहरु निरन्तर आन्दोलनमा छन् । चितवन मेडिकल कलेजले शुल्क समयोजन गर्ने सहमति कार्यान्वयन गर्न आलटाल गर्दै आएको छ । त्यसैले भोलि आइतबार भरतपुरमा अभिभावकसहित वृहत प्रदर्शन गर्ने विद्यार्थीहरुको तयारी थियो ।

तर पेस्तोल कसको हो र कुन अवस्थामा भेटिएको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्यार्थीहरुले भने आन्दोलनरत आफूहरूलाई फसाउने प्रयास भइरहेको बताएका छन् । उनीसहितका विद्यार्थी नेतालाई फसाउन प्रहरीले आफैले पेस्तोल र गोली भेटिएको भनेर आतंक मच्चाएको एक विद्यार्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर