हेटौंडा–७ नागस्वतीमा बडा दशैंको अवसरमा जारी टोल स्तरिय फुटबल प्रतियोगितामा बिहिबार भएको खेलमा नर्मल मुस्कान र नवज्योति विजयी भएका छन् । पहिलो खेलमा नर्मल मुस्कानले ७ नंम्बर भेट्रान्सलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच नर्मल मुस्कानका सुजन थापा भएका छन । त्यस्तै दोस्रो खेलमा नवज्योतिले हरियालीलाई ३–० गोल अन्तरले पराजित गरेको छ उक्त खेलको म्यान अफ द म्याच नवज्योतीका श्रीजन थिङ भएका छन । प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुने भएको छ । आज दिउँसो २ बजे हुने पहिलो खेलमा आदर्श र अग्राठे बिच खेल हुने छ भने दिउँसो ४ बजे हुने दोस्रो खेलमा जागरण र स्मृति किरण फुटबल टिम बिच खेल हुने आयोजक टिमका सचिव एरिक तिमल्सिनाले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल २५ गते हुने जनाएको छ । प्रतियोगिताको प्रथम हुने टिमले ४५ किलोको खसि , शिल्ड ,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने दित्तिय हुने टिमले ३५ किलोको खसि ,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडि , हरेक खेलका म्यान अफ द म्याच ,अनुसाशित टिम ,सर्वाधिक गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको जनाइएको छ ।