आजको मौसम : बर्षाको सम्भावना

अनलाइन पत्र संवाददाता२०७७-१२-०८ No Comments

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ।

हाल देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो : देशको पहाडी भूभागहरुमा  आंशिक देखी सामान्य बदली  रहि देशको बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ  । पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Ad
Ad