Comments Add Comment

सुनिलबहादुर थापा सहित ४२ जना काँग्रेसमा प्रवेश गर्दै

सुनिलबहादुर थापा ४२ जना नेता, कार्यकर्ताको नेतृत्व गर्दै आज नेपाली काँग्रेसमा प्रवेश गर्ने भएको छ । काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो ३ बजे पार्टी प्रवेश कार्यक्रम तय भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री एवं पूर्वमन्त्री थापाले काँग्रेस प्रवेशका लागि ४२ जनाको नाम केन्द्रीय कार्यालयमा उपलब्ध गराइएको काँग्रेसले निकट स्रोतले जानकारी दिएका छन् ।

उनीहरुमध्ये २१ जना आज पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर पार्टी प्रवेश गर्ने छन् भने २१ जना नेता तथा कार्यकर्ता सम्बन्धित जिल्लाबाट काँग्रेस प्रवेश गर्ने छन्। सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेताहरूले थापासहितका नेतालाई पार्टी प्रवेश गराउने छन् । स्रोतले जनाएअनुसार थापाले काँग्रेस सहमहामन्त्रीको जिम्मेवारी पाउने सम्भावना छ भने राप्रपाबाट राजीनामा गरेको जनाउँदै पार्टी अध्यक्षलाई पत्र लेखेका पाँच नेताले काँग्रेस केन्द्रीय सदस्यको जिम्मेवारी पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर