Comments Add Comment

कतार विश्वकप ड्र सार्वजनिक : कुन टिम कुन समूहमा?

काठमाडौँ । कतारमा यस बर्ष हुने फिफा विश्वकप फुटबलको समुहको ड्र गरिएको छ । आयोजकसहित २९ देशको टुंगो लागेको छ भने ३२ देशले भाग लिने विश्वकपमा बाँकि ३ देशको टुंगो आगामी जुनमा मात्र लाग्ने छ ।

विश्वकपमा छनौट भएका देश मध्ये युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, ईङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल,  पोल्याण्ड,घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र आयोजक कतार छन् ।

अब बाँकी तीन देश प्लेअफ खेलबाट छानिने छन् । जसमा स्कटल्याण्ड र युक्रेन प्लेअफको सेमिफाइनलमा आगामी जुनमा खेल्ने छन् भने जुनमै विजेताले प्लेअफको फाइनलमा वेल्सविरुद्ध खेल्ने छ । सो प्लेअफ फाइनलको विजेता विश्वकपमा छनौट हुने छ ।

त्यस्तै दक्षिण अमेरिकी देश पेरुले एशियाको युएई र अस्ट्रेलियाबीचको विजेतासँग इन्टर कान्टिनेन्टल प्लेअफ खेल्ने फिफाले जनाएको छ ।

त्यसैगरि उत्तर अमेरिकी क्षेत्रबाट कोष्टा रिकाले इन्टर कान्टिनेन्टल प्लेअफ खेल्ने भएको छ । कोष्टा रिकाले ओसियाना क्षेत्रको विजेता न्यूजील्याण्डसँग प्लेअफ खेल्ने भएको छ ।

विश्वकपमा कुन समुहमा को को परे ?

समुह ए 

१- कतार
२- नेदरल्यान्ड्स
३- सेनेगल
४- इक्वेडर

समुह बि 

१- इङल्याण्ड
२- अमेरिका
३- इरान
४- स्कटल्याण्ड/युक्रेन/वेल्स

समुह सी 

१- अर्जेन्टिना
२- मेक्सिको
३- पोल्याण्ड
४- साउदी अरेबिया

समुह डी 

१- फ्रान्स
२- डेनमार्क
३- ट्युनिसिया
४- युएई/अस्ट्रेलिया/पेरु

समुह इ 

१- स्पेन
२- जर्मनी
३- जापान
४- कोस्टारिका/न्यूजील्याण्ड

समुह एफ

१- बेल्जियम
२- क्रोसिया
३- मोरक्को
४- क्यानाडा

समुह जी 

१- ब्राजिल
२- स्वीटजरल्याण्ड
३- सर्बिया
४- क्यामरुन

समुह एच

१- पोर्चुगल
२- उरुग्वे
३- दक्षिण कोरिया
४- घाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर