2025-12-11 8:39 pm

धुर्मुस–सुन्तलीले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएको छ ।फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले डीपीआर तयार भइसकेकाले अव कामले गति लिने बताएका छन् । ‘यसअघि पनि सा’मान्य कामहरु भएका थिए, अब डीपीआर नै आइसकेपछि सबै कामहरु व्यवस्थित र दु्रत गतिमा हुनेछन्’, उनले भने ।तयार भएको डी’पीआरबारे एक–दुई दिनमै भरतपुरमा कार्यक्रम गरी जानकारी गराइने उनले बताए ।

डी’पीआर निर्माणको काम नेपाल र भारतका दुई कन्सल्टेन्सीले संयुक्तरुपमा गरेका हुन् । तो’किएको समयभन्दा ३ महिना ढिला गरी डीपीआर तयार भएको उनले बताए ।अहिले रंगशालको मुख्य भागमा माटो भर्ने र दूबो रोप्ने काम भएको छ । गुरूयोजना समेत तयार भएकाले अब कुनै पनि काममा अवरोध नहुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad