Comments Add Comment

मकवानपुरगढी–६ डुम्रेकुनामा आजबाट पालिका स्तरीय भलिबल प्रतियोगिता सुरु हुँदै

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ६ स्थित डुम्रेकुनामा आजबाट बडा दशैँ तथा दीपावलीको अवसरमा दोस्रो संस्करण गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु हुने भएको छ । मकवानपुरगढी गाउँपालिकाको मुख्य प्रायोजन सनराईज युथ क्लव डुम्रेकुनाको आयोजनामा दोस्रो संस्करण गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु हुने भएको हो ।

स्थानिय स्तरमा छरिएर रहेका खेलाडीहरुको पहिचान र प्रोत्साहन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्मको खेल खेल्न सक्ने खेलाडीहरु उत्पादनमा टेवा पुग्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको खेल संयोजक अशोक स्याङ्तानले जानकारी दिएका छन् ।

प्रतियोगितामा पालिकाभरबाट १० टिमले सहभागिता जनाएको छ । आज उद्घाटनमा दुई वटा खेल हुने र प्रतियोगिता २६ गते फुलपातीको दिनसम्म चल्ने संयोजक स्याङ्तानले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद २० हजार शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेल भरीबाट उत्कृष्ट लिप्टर , स्पाईकरले १५ सयका दरले नगद प्राप्त गर्ने खेल संयोजक एंवम सनराईज युथ क्लवका सचिव अशोक स्याङ्तानले जानरकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर