मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ६ स्थित डुम्रेकुनामा आजबाट बडा दशैँ तथा दीपावलीको अवसरमा दोस्रो संस्करण गाउँपालिका स्तरीय पुरुष रनिङ शिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ । मकवानपुरगढी गाउँपालिकाको मुख्य प्रायोजन तथा सनराईज युथ क्लव डुम्रेकुनाको आयोजनामा दोस्रो संस्करण गाउँपालिका स्तरीय पुरुष रनिङ शिल्ड भलिबल प्रतियोगिता सुरु भएको हो ।

May be an image of 13 people, including Rajesh Adhikari and people standing

प्रतियोगितामा आज ४ खेल सम्पन्न भएको छ । आज भएको उद्घाटन खेल अन्तर्गत पहिलो खेलमा जुनतारा क्लव र बुढिचौर क्लव बिच खेल भएको थियो । २५–१९ , १५–२५ र १२–१५ को नतिजा निकाल्दै बुढिचौर विजयी भएको छ । दोस्रो खेलमा सोलिथुम र आयोजक सनराईज क्लव (ए) बिच भएको थियो । उक्त खेलमा २३–२५ , २५–१८ र ११–१५ को नतिजा ल्याउँदै आयोजक सनराईज क्लव (ए) विजयी भएको हो । यस्तै आजै भएको तेस्रो खेलमा नागरिक सचेत (बी) र आमभञ्ज्याङ्ग क्वल बिच भएको थियो । उक्त खेलमा आमभञ्ज्याङ २४–२६ र १६ – २५ को सोझो सेटमा विजयी भएको हो । त्यस्तै आज भएको अन्तिम खेल अर्थात चौँथो खेलमा आयोजक सनराईज क्लव (बी) र नागरिक सचेत क्लव (ए) बिच भएको थियो । उक्त खेलमा नागरिक सचेत (ए) ले २१–२५ र २३–२५ को सोझो सेटमा विजयी भएको हो ।

May be an image of 6 people, people standing and outdoors

प्रतियोगिता अन्तर्गत भोलि सोमबार तीन खेल हुने भएको छ । पहिलो खेलमा जुनतारा र आमभञ्ज्याङ्ग क्लव बिच खेल हुने छ भने दोस्रो खेलमा आयोजक सनराईज क्लव (ए) र सनराईज क्लव (बी) बिच हुनेछ त्यस्तै तेस्रो खेल सोलिथुम र नागरिक सचेत (ए) बिच खेल हुने खेल संयोजक अशोक स्याङ्तानले जानकारी दिएका छन् । स्थानिय स्तरमा छरिएर रहेका खेलाडीहरुको पहिचान र प्रोत्साहन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्मको खेल खेल्न सक्ने खेलाडीहरु उत्पादनमा टेवा पु¥याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

May be an image of 1 person, playing a sport, standing and outdoors

प्रतियोगितामा पालिकाभरबाट १० टिमले सहभागिता जनाएको छ । प्रतियोगिताको फाईनल खेल २६ गते फुलपातीको   दिन हुने भएको छ । प्रतियोगिताको विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद २० हजार शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेल भरीबाट उत्कृष्ट लिप्टर , स्पाईकरले १५ सयका दरले नगद प्राप्त गर्ने खेल संयोजक एंवम सनराईज युथ क्लवका सचिव स्याङ्तानले जानकारी दिएका छन् ।