साफ च्याम्पियनसिपमा नेपाल भारतसंग पराजित

Company Register

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल भारतसँग पराजित भएको छ । मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतसँग नेपाल १(० गोल अन्तरले पराजित भएको हो । भारतको जितका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औँ मिनेटमा गोल गरेका हुन् ।

Advertisement

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा केही सुनौला अवसर बनाए पनि गोल गर्न सकेन । भारतले ३ खेलमा ५ अंक जोडेको छ । भारत तेस्रो स्थानमा समेत उक्लिएको छ । नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १(० ले हराएको थियो । दोस्रो खेल नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो । अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...