हेटौंडा – बडा दशैंको अवसरमा हेटौंडा–७ स्थित नागस्वतीमा जारी टाेल स्तरीय फुटबल प्रतियोगितामा आज आदर्शले नवज्योतिलाई ८–० को फराकिलो अन्तरमा पराजित गरेको छ । खेलको म्यान अफ द म्याच आदर्शका दिनेश गौतम भएका छन् । प्रतियोगिता अन्तर्गत भोली न्यु चिसापानि र आदर्श टोल तथा स्मृति किरण र ७ नं भेट्रन्स बिच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको २२ गतेबाट सेमी फाईनल चरणका खेलहरु सुरु हुने र फाईनल खेल २५ गते हुने सञ्चार संयोजक गोकुल अधिकारीले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले ४५ किलोको खसि , शिल्ड ,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने दित्तिय हुने टिमले ३५ किलोको खसि ,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडि , हरेक खेलका म्यान अफ द म्याच ,अनुसाशित टिम ,सर्वाधिक गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाइएको छ ।