मकवानपुरगढी गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगितामा पुरुष तर्फ भानु माविले उपाधि जितेको छ भने महिला तर्फ बुद्धधर्म आधारभुत विद्यालयले उपाधि जितेको छ । भानु माविले पुरुष भलिबल तर्फ यो जितसँगै चौथो पटक उपाधि जितेको हो । जितसँगै भानुले नगद १० हजार रुपैयाँसहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । आईतबार भएको फाईनल खेलमा भानुले शारदा माविलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । शारदा मावि दोस्रो हुँदै ६ हजार रुपैयाँ र रुपनारायण मावि तेस्रो हुँदैे ५ हजारसहित शिल्ड , मेडल र प्रमाणपत्र गरेको गरेका छन् ।
त्यस्तै महिला भलिबल तर्फ बुद्धधर्मले रुपनारायण माविलाई पराजित गर्दै उपाधि जितेको छ । उपाधि जितेसँगै बुद्धधर्मले १० हजार रुपैयाँसहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । रुपनारायण मावि दोस्रो हुँदै ६ हजार र ज्वालादेवी तेस्रो हुँदै ५ हजार सहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
पुरस्कार वितरण तथा समापन कार्यक्रम बंशगोपाल माध्यामिक विद्यालय (प्राविधिक शिक्षालय) व्यवस्थापन समितीका अध्यक्ष राम प्रसाद पुडासैनीको सभाध्यक्षता र मकवानपुरगढी गाउँपालिकाको प्रमुख दोर्जे लामा स्याङ्तान्को प्रमुख आतिथ्यता र गाउँपालिकाकी उपप्रमुख मानकुमारी पाख्रिन (नेपाली) को विशिष्ट आतिथ्यतामा भएको हो ।
विजेता उपविजेता शिक्षकहरुलाई गाउँपालिकाको प्रमुख उपप्रमुखले नगद पुरस्कारसहित शिल्ड ,मेडल र प्रमाणपत्र वितरण गरेको थियो । प्रतियोगिता मकवानपुरगढी गाउँपालिकाको मुख्य प्रायोजन र वंशगोपाल माध्यमिक विद्यालय ( प्राविधिक शिक्षालय ) को आयोजनामा पुस १५ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको थियो ।
समापन कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नंम्बर १,२,३,४,५,६,७ र ८ का वडाध्यक्षहरु क्रमश आईत सिंह लो , बखान सिंह पाख्रिन , भागवत घिमिरे , अर्जुन प्रसाद तिमलसिना , दिपेश दाहाल , कृष्ण प्रसाद बजगाँई , सुर्य बहादुर रुम्बा र कुमार सिंह घिसिङ्ग , मकवानपुरगढी गाउँपालिकाको प्रशासकिय प्रमुख राम कुमार पुडासैनी , जिल्ला भलिबल संघका वरिष्ठ उपाध्यक्ष ईन्द्र प्रसाद संजेल , शिक्षक , विद्यार्थीहरु लगायतकाको उपस्थिति रहेको थियो ।