Comments Add Comment

चुनाव चिन्ह किनेर आएकालाई भोट नदिऔं : छिन्तु

गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ का उम्मेदवार माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ले अर्काको पार्टीको चुनाव चिन्ह किनेर आएका व्यवस्था विरोधीहरुलाई परास्त गर्ने बेला आएको बताएका छन् । बकैया ११ मा भएको चुनावी सभामा उनले कमल थापालाई इङ्गित गर्दै उनले व्यवस्था र संविधान विरोधी तत्वलाई चिन्नुपर्ने र साइजिङ गर्नुपर्ने बेला आएको बताएका हुन् ।

यस क्षेत्रको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने उनको भनाई थियो । ‘हामीले यहाँको माटो, भूगोल र समस्या बुझेका छौं । हामी व्यवस्था परिवर्तनका लागि हातेमालो गरेको नेपाली कांग्रेस लगायतका दलसंग सहकार्य गरेर अब अवस्था परिवर्तनका लागि आएका छौं’, छिन्तुले भने, ‘गठबन्धन महिलामैत्री, आदिवासी जनजातीमैत्री रहेको छ । सबै खाले उम्मेदवार हामीसंग रहेको छ । तपाईंहरुले अब ठीक र बेठीक छुट्याउनुपर्ने समय आएको छ । चुनाव चिन्ह समेत अर्काको किनेर आएका व्यवस्था र संविधान विरोधीहरुलाई ठेगान लगाउने बेला आएको छ ।’

जनआन्दोलनका दमनकारीसंग विकासका कुनै एजेण्डा नै नरहेको भन्दै उनले व्यवस्थालाई परिवर्तनमा एक भएका गठबन्धनका उम्मेदवारलाई अब जनताको अवस्थालाई परिवर्तनका लागि मतदान गर्न अनुरोध गरे । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रित सदस्य विजय गौतम, नेकपा ९एस०का केन्द्रीय सदस्य घनप्रसाद गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए । बकैया ११ मा प्रचारप्रसार संयोजक तुलबहादुर थोेकर र बकैया १२ मा सञ्जय लामा डिमडुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै