काठमाडौं – सुनको भाउ आज प्रतितोला ८ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । सोमबार छापावाल सुनको भाउ तोलाको ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १२ सय रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार चाँदीको भाउ प्रतितोला ११ सय ८० रुपैयाँ रहेको थियो ।