यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।


काठमाडौं – सुनको भाउ आज प्रतितोला ८ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । सोमबार छापावाल सुनको भाउ तोलाको ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १२ सय रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार चाँदीको भाउ प्रतितोला ११ सय ८० रुपैयाँ रहेको थियो ।

Advertisement