Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गर्दै

Company Register

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्ने तयारी थालेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार मन्त्रिपरिषद पुर्नगठनबारे छलफल भएको थियो । उक्त छलफलमा दुवै अध्यक्षले आ–आफ्नो अडान राखेपछि पुर्नगठनमा सहमति हुन सकेन । तर, रिक्त स्थानमा मन्त्री थप्ने विषयमा भने सहमति भएको छ ।

Advertisement

प्रचण्डले सबै मन्त्रीहरुलाई फिर्ता बोलाएर आवश्यक परेको खण्डमा फेरी पठाउने प्रस्ताव अघि सारेका थिए । तर‌, प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा,रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई फिर्ता बोलाउन नचाहेपछि सहमति जुट्न सकेको थिएन । स्रोतका अनुसार रिक्त रहेका स्थानमा भने मन्त्री थप्ने विषयमा दुई अध्यक्षबीच सहमति भएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...