Comments Add Comment

चितवनमा एकैदिन दुईवटा गैंडा मृत फेला

सोमबार एकै दिन चितवनमा दुईवटा गैंडा मृत फेला परेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार सोमबार दिउँसो सौराहामा र बिहान नारायणी नदीमा बगेर भारत पुगेको गैंडा मृत भेटिएको हो । यी दुईसहित चालू आर्थिक वर्षमा चितवन निकुञ्जका सातवटा गैंडा मरेका छन् । नारायणी नदीले बगाउँदै गण्डक ब्यारेजबाट तल लगेको गैंडा मृत भेटिएको जानकारी भारत बाल्मिकी टाइगर रिजर्बका डिएफओ गौरव ओझालले आफूहरुलाई गराएको अधिकारी रामले बताए ।

मृत गैंडाको पोष्टमार्टम भारतीय वन अधिकारीहरुले नै गरेका छन् । खाग खुर जस्ता गैंडाको अंग भारतीय नीति अनुसार जलाएर नष्ट गरेको जानकारी आएको उनले बताए । त्यसैगरी दिउँसो तीन बजेतिर सौराहा बनकट्टा बनगछियामा एउटा १०–१२ वर्षको भाले गैंडा मृत फेला परेको छ । सूचना अधिकारीका अनुसार सो गैंडा जुधेर घाइते भएको अनुमान छ । नारायणी नदीमा बगेको एउटा गैंडा शनिबार त्रिवेणीमा मृत फेला परेका थियो । चितवन निकुञ्जमा शुक्रबार मात्रै पनि नवलपुर लामिचौरमा रहेको निकुञ्जको पोष्टदेखि तीन किलो मिटर दक्षिणमा निकुञ्जभित्र मृत गैंडा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर