सालकसहित ६ जना पक्राउ

Company Register

धादिङको गल्छीबाट लोपोन्मुख जीवित सालकसहित ६ जना पक्राउ परेका छन् । झोलामा सालक बोकेर नुवाकोटबाट धादिङको गल्छी हुँदै काठमाडौं लैजाँदै गरेको अवस्थामा गल्छीबाट ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिए । गोप्य सुचनाको आधारमा गल्छीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका ६ जनामध्ये तीनजना धादिङका रहेका छन् ।

Advertisement

पक्राउ परेका सबैजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको र सालकलाई भने जिल्ला वन कार्यालय धादिङमा बुझाइएको एसपी खड्काले जानकारी दिए । नियन्त्रणमा लिइएको सालकलाई अदालतको निर्णयपछि जङ्गलमा छाडिने जिल्ला वन कार्यालय धादिङका प्रमुख शोभा सुवेदीले जानकारी दिइन् । सालकको मासु र छाला ९खपटा० चिनियाँ बजारमा माग हुने भएकाले नेपालबाट यसको तस्करी हुने गरेको छ । वन संरक्षण ऐनअनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, पाँचदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...