यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हेटौँडाको क्याम्पाडाँडामा दुर्घटना : एकको मृत्यु एक गम्भीर , स्थानियद्धारा टिपरमा आगजनी


हेटौँडा–५ क्याम्पाडाडाँमा सोमबार साँझ भएको दुर्घटनामा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । गम्भीर घाइतेलाई हेटौंडामा उपचार संम्भव नभएपछि थप उपचारका लागि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । गम्भीर घाइते हेटौँडा–६ निबासी १८ वर्षीय निरज राई रहेका छन् । हेटौँडा बाट चौघडा तर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ८३३३ नम्बरको टिपर एक आपसमा ठक्कर खादा दुर्घटना भएको थियो। दुर्घटनामा एकजनाको मृत्यु भएपछि स्थानीयले टिपरमा आगजनी समेत गरेका छन् । स्थानीयको मृत्यु पछि टिपरमा स्थानीय र आफन्तले आगजनी गरेका हुन् ।