Comments Add Comment

निर्मलालाई न्याय माग्दा प्रहरीको गोली लागेका भण्डारीलाई मासिक २५ हजार दिइने

सरकारले कञ्चनपुरमा प्रहरीको गोलीबाट घाइते भएका अर्जुन भण्डारीलाई मासिक २५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको गत वर्ष साउनमा बलात्कारपछि हत्या भएकोमा दोषीलाई पक्राउ गरी कारबाहीको माग राख्दै भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर भण्डारी घाइते भएका थिए ।

सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय आइतबार सुनाउँदै भण्डारीलाई राहत दिने निर्णय भएको जानकारी दिए । भण्डारीको अझै पनि त्रिवि शिक्षण अस्पतालमा उपचार भइराखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर