Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

अदालतको फैसला ओलीलाई फाइदा

Company Register

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९ने क पा० एककीकरण अघिको अवस्थामा पुगेको छ । सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० को एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी ९ने क पा० राजनीतिक दलसम्बन्धी ऐन विपरीत तथा नियम विपरीत दर्ता भएको ठहर गरेपछि यस्तो अवस्था उत्पन्न भएको हो । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० साविककै अवस्थामा रहेको ठहर गरेको छ । अदालतले एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी ९ने क पा० दर्ता गर्ने निर्वाचन आयोगको निर्णय ऐन विपरीत ठहर गर्दै खारेज गरिदिएको छ ।

Advertisement

अदालतको फैसलापछि वर्तमान सरकार एमाले र माओवादी केन्द्रको संयुक्त सरकारको हैसियतमा पुगेको छ । ओली संविधानको धारा ७६९२० अनुसार संयुक्त सरकारको प्रधानमन्त्रीकै रूपमा नियुक्त भएका थिए ।अब एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन र नियम विपरीत नहुने गरी गर्न पनि अदालतले आदेश जारी गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदा नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० एकीकरण भएका थिएनन् । यी पार्टी चुनावी गठबन्धन गरेर आआफ्नै चिह्नमा चुनाव लडेका थिए । निर्वाचन भएको ६ महिनापछि एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी ९ने क पा० नाम राखेका थिए । यस नामविरुद्ध ऋषि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका भए पनि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र एकीककरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी ९ने क पा० को नाम नमिलेको निर्णय दिएको थियो । आयोगको निर्णय विरुद्ध कट्टेल सर्वोच्च अदालत गएका थिए । प्रतिनिधिसभामा एमालेतर्फ १२१ जना माओवादी केन्द्रतर्फ ५३ जना सांसद छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...