Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

समीर आचार्य र रोशनी थापाको ‘माकुरी’ सार्वजनिक (भिडियो)

Company Register

Advertisement

नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक पहिचान बनाएका ¥यापर राजेन्द्र भट्ट मिस्टर आर.जेको नयाँ गीत ‘माकुरी’ सार्वजनिक गरिएको छ ।

समिर आचार्य र रोशनी थापाको स्वर रहेको गीतमा मिस्टर आर.जेको र्याप छ । गीतमा शब्द नवराज कलाउनीको छ भने मिस्टर आरजेले नै संगीत भरेका छन् । गीतमा एरेन्ज मोहित मुनालको रहेको छ ।

गीतको भिडियोमा पछिल्लो समयका युवामाझ लोकप्रिय कलाकारहरुलाई देख्न सकिन्छ । बिशेषगरी युट्युवका सिरिजहरुमा मन पराइएका जिबेश गुरुंग, यस्तै युट्युवमा प्रयांक गरेर चर्चामा आएका एलिस राई, यस्तै हास्य टेलिसिरियल सक्किगोनीका लोकप्रिय कलाकार हरिश निरौला (कक्रोज), मोडल उषा उप्रेती र टुईन्स गर्ल समारिका र स्मारिका ढकालको अभिनय रहको छ । भिडियोमा मिस्टर आरजेको पनि अभिनय छ ।

प्रोस्ट प्रोडक्सनको काम नेप्सिने फिल्म स्टुडियोले गरेको हो भने भिडियो बिधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोको सहायक निर्देशकमा मनिषा पोखरेल हुन् ।

निर्देशक बिधानले पछिल्लो समय निर्देशन गरेका एकपछि अर्को भिडियोले तारिफ पाइरहेका छन् ।

त्यसैले यस भिडियोमा पनि निकै मिहिनतका साथ आफूले काम गरेको र दर्शकको प्रतिक्रियाका लागी प्रतिक्षारत रहेको बिधानले बताए । भिडियो हरि हुमागाईंले खिचेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् । भिडियोमा कलर भर्ने काम राजेन्द्र मोक्तानले गरेका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...