काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 

निगमले सोमबार (आज) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको हो । सबैमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ ।

हवाई इन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको जनाइएको छ।