हेटौंडा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहीबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। जेसिज सप्ताह अन्तर्गत आयोजित “अम्बिका देवि स्मृति” हाजिरी जवाफ प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पस प्रथम भएको छ। हेटौंडा जेसिज बर्ष २०२२ का अध्यक्ष पवन कुमार कंशाकारको सभाध्यक्षमा भएको प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पस प्रथम बनेको हो।

त्यसैगरी हेटौंडा क्याम्पस द्घितीय बनेको छ भने भुटनदेवी माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेको छ।हेटौंडाका विद्यालय र क्याम्पस गरी १४ टिम सहभागि प्रतियोगिताका प्रथम,द्वितीय र तृतीय हुनेले क्रमश नगद ९ हजार,६ हजार र ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेका कार्यक्रम संयोजक राजु श्रीवास्तवले जानकारी दिएका छन्। प्रतियोगिताको प्रमुख अतिथि हेटौंडा क्याम्पस प्रमुख देवचन्द्र मानन्धर रहेका थिए। कार्यक्रममा जेसिज पुर्व अध्यक्ष देवेन्द्र ध्वज कार्की,कुसकुमार रिजाल,सप्ताहव्यापी कार्यक्रम संयोजक शीवकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।