कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन सर्वसाधारणसँग आग्रह गरेको छ । सोमबार सुचना जारी गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सर्वसाधरण समक्ष पूर्णरुपमा स्वास्थ्यका मापदण्डलाई पालन गर्न आग्रह गरेका हुन् ।

कोरोना भाइरसको तेस्रो लहरको अवस्थामा मकवानपुरमा पुनः कोरोना भाइरस संक्रमण बढ्दै गएकोले कोरोना नियन्त्रण तथा रोकथामका लागी उच्च सतर्कता अपनाउन प्रजिअ पाण्डेले अपिल गरेका छन् । उनले जिल्लाभित्र कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागी बढी भिड हुने गतिधिविध नगर्न, भौतिक दुरी कायम र मास्कको प्रयोग गर्न गराउन आग्रह गरेका छन् ।

Apil_2078_09_26-1641819695.jpg