चितवनको भरतपुरमा धारिलो हतियार प्रहार गर्दा एक युवकको मृत्यु भएको छ । आइतबार साँझ भरतपुर–१२ निवासी अनिल परियारको भरतपुर ७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएका छन् । प्रहरीका अनुसार उनलाई अज्ञात समूहले आक्रमण गरेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।