दिपावलीको अवसर पारेर हेटौंडा उपमहानगरपालिका वडा नंम्बर २ स्थित चौकीटोलमा रहेको ओम वृद्धाश्रममा सरसफाई तथा वृद्धवृद्धालाई मिष्ठान फलफुल वितरण गरिएको छ । अष्ट्रियन नागरिक मार्कुस बेलिङ्गरको आर्थिक सहयोगमा वृद्धाश्रममा सहयोग गरिएको हो ।

No description available.

सञ्चारकर्मी अमर लामा र सामाजिक अभियन्ता सञ्जय लोप्चनको नेतृत्वमा वृद्धाश्रमको भवन सरसफाई तथा कार्पेट बिछ्याउने र फुलफुल वितरण गर्ने कार्यक्रम सम्पन्न गरिएको छ । मनहरी गाउँपालिका घर भई अध्ययनको शिलशिलामा अष्ट्रियामा रहनु भएका जल्मा स्याङ्तानको विशेष पहलमा सो सामग्री वितरण गरिएको हो । कार्यक्रममा बोल्दै वृद्धवृद्धाहरुले हामी जस्तो केही नभएका गरिब दुखीलाई विदेशी नागरिक मार्कुसले सहयोग गरिएकोमा धन्यवाद र पछिल्ला दिनहरुमा पनि सहयोगको अपेक्षा समेत व्यक्त गरेका छन् ।

No description available.

आश्रममा हाल २३ जना वृद्धवृद्धाहरु बस्ने गरेका छन् । बुधबार सम्पन्न कार्यक्रममा ओम् वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ , निवर्तमान अध्यक्ष बुद्धि प्रसाद पौडेल र सरसफाईमा सहयोग गर्ने भोलेन्टियरहरु राजकुमार फुयाँल , जीवन आचार्य , सौगात लो , सञ्जय घ्याबा , दिनेश मुक्तान , उमेश घलान , सुरेश थिङ्ग , विक्रम घलान र पासाङ सिङ्तानको उपस्थिति रहेको थियो । मार्कुसले देश विदेशमा रहेका गरिव, दुखी , अशाय र बालबालिकाहरुलाई सहयोग गर्दै आएको छ ।

No description available.

यसअघि उनले मकवानपुरगढीका २ , मनहरी गाउँपालिकाका १ र भिमफेदी गाउँपालिकाका १ गरी ४ वटा विद्यालयमा शैक्षिक सामग्री , पोशाक , खेल सामग्रीहरु सहयोग गरिसकेका छन् । उनले हरेक वर्ष नेपालमा रहेका गरिब दुखीलाई सहयोग गर्ने समेत प्रतिबद्धता गरिएका थिए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.