युरोकप : पोर्चुगल विरुद्ध जर्मनीको शानदार जित

|
आइतबार, आषाढ ६, २०७८
|
|
० पटक हेरिएको
Shares

जर्मनीले युरोकप फुटबलमा साविक विजेता पोर्चुगलमाथि सानदार जीत निकालेको छ । म्युनिखमा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४(२ गोल अन्तरले स्तब्ध बनायो । १६ औं संस्करणको युरोकपमा पोर्चुगलको पहिलो हार हो । एलिनाज स्टेडियममा जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक एक गोल गरे ।जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो । पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे । यस्तै पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक एक गोल फर्काए ।

खेलको १५ औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । जर्मनीविरुद्ध रोनाल्डोको यो पहिलो गोल हो । यस्तै रोनाल्डोको यो १ सय ७ औं अन्तर्राष्ट्रिय गोल हो । जारी युरोकपमा तेस्रो गोल पूरा गरेका रोनाल्डोको युरोकपमा कीर्तिमानी १२ औं गोल हो ।तर, खेलको ३५ औं मिनेटमा पोर्चुगलका डियासले आत्मघाती गोल गरेपछि खेल १(१ गोलको स्थितिमा आयो ।३९ औं मिनेटमा राफायलले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २(१ को अग्रता बनायो । जोसुवा किमिचको क्रस क्लियर गर्ने क्रममा राफायलले आफ्नै पोस्टमा गोल गरेका हुन् ।दोस्रो हाफमा जर्मनी थप आक्रामक बन्यो । खेलको ५१ औं मिनेटमा गोसेन्सको पासमा हाभर्टेजले गोल गर्दै जर्मनीलाई ३(१ को अग्रता दिलाए ।६० औं मिनेटमा गोसेन्सले गोल गर्दै जर्मनीलाई ४(१ को अग्रता दिलाए । त्यसपछि खेलको ६७ औं मिनेटमा पोर्चुगलका जोटाले एक गोल फर्काएपनि जर्मनी ४(२ ले विजयी भयो ।समूह ‘एफ’ को जर्मनीको यो पहिलो जित हो । दोस्रो स्थानमा रहेको जर्मनीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो । समूहको तेस्रो स्थानको पोर्चुगलले २ खेलमा ३ अंक जोडेको छ । यस समूहमा ४ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहेको छ । १ अंक जोडेको हंगेरी पुछारमा रहेको छ ।

प्रतिक्रिया

Comments are closed.

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
मकवानपुरगढी गाउँपालिकाको ७२ करोड ७५ लाखको बजेट, कृषि र पूर्वाधारमा जोड
मकवानपुरगढी गाउँपालिकाको ७२ करोड ७५ लाखको बजेट, कृषि र पूर्वाधारमा जोड
मकवानपुरगढीमा फुट्सल प्रतियोगिता सुरु, पहिलो दिन ८ खेल सम्पन्न
मकवानपुरगढीमा फुट्सल प्रतियोगिता सुरु, पहिलो दिन ८ खेल सम्पन्न
विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन
विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन
मकवानपुरगढीमा पालिकास्तरीय आठौं फुटसल रनिङ शिल्ड प्रतियोगिता हुने
मकवानपुरगढीमा पालिकास्तरीय आठौं फुटसल रनिङ शिल्ड प्रतियोगिता हुने
मकवानपुरको सिस्नेरीमा दुर्घटना, ४ जनाको अवस्था गम्भीर
मकवानपुरको सिस्नेरीमा दुर्घटना, ४ जनाको अवस्था गम्भीर
हेटौँडा सिटी कलेजद्वारा BBS अध्ययनमा निःशुल्क अवसर घोषणा
हेटौँडा सिटी कलेजद्वारा BBS अध्ययनमा निःशुल्क अवसर घोषणा
ढुङ्गेगढीमा सेनाको योगदान: ढुङ्गेधारा र पानी ट्यांकी गाउँपालिकालाई हस्तान्तरण
ढुङ्गेगढीमा सेनाको योगदान: ढुङ्गेधारा र पानी ट्यांकी गाउँपालिकालाई हस्तान्तरण
बागमती पुलबाट टेलर खस्दा चालकको मृत्यु,
बागमती पुलबाट टेलर खस्दा चालकको मृत्यु,
कुलेखानी–फाखेल सडक एक महिना प्रभावित, थानकोट–चित्लाङ खण्ड पनि अस्थायी रूपमा बन्द
कुलेखानी–फाखेल सडक एक महिना प्रभावित, थानकोट–चित्लाङ खण्ड पनि अस्थायी रूपमा बन्द