बागमती प्रदेशको हेटौंडामा आज राष्ट्रपति विद्यादेवि भण्डारी आउनुहुने भएको छ । उहाँले हेटौँडा ११ स्थित सहिद स्मारकको प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुको अनावरण गरिने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीसंगै विभीन्न देशका राजदुतहरु पनि आउने भएका छन् । राजदुतहरुले शहिद स्मारक संगै, मकवानपुर गढी लगायतका पर्यटकिय स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ । स्मारकमा गरिने सवै कार्यक्रमको तयारी पुरा भएको स्मारक विकास समितिले जनाएको छ । स्मारकमा राष्ट्रपति आउनुहुने भएपछी सुरक्षा व्यावस्था कडा पारिएको छ ।
सोमबार देखी नै नेपाली सेना, नेपाल प्रहरी स्मारकमा तैनाथ गरिएको छ । पार्कमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वा्चित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वा्चित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा निर्माण गरिएको छ । सहिद सप्ताह अन्र्तगत आज प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको सहिद स्मारक विकास समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभएको छ ।