Menu

माटोको ढिस्कोले पुरिएर सासु-बुहारीको ज्यान गयो

जुम्लामा माटोको ढिस्कोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका ४ सिंहाचौरका ५५ वर्षीया नाक्चे सुनार र उनकी २४ वर्षीया बुहारी सानुमाया सुनारको माटोको ढिस्कोले पुरिएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

घर पोत्ने रातोमाटो लिन मालाभिडको दुनीखोलामा गएका उनीहरुको माटोको खानीमा पुरिएर मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र भट्टराईले बताए । सँगै माटो लिन गएका गुठीचौरु गाउँपालिका ५ की नवीना ऐडी र चन्दननाथ नगरपालिका ४ को पञ्चकन्या सुनार घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad