काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।

हाल देशको केही पहाडी भुभागमा आंशिक बदलीको अवस्था रहेको छ, तराईका भुभागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ भने बांकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ ।
 

आगामी तीन दिनको मौसम पूर्वानुमान 

 माघ १६ गते शुक्रबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा  साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।

राती : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न। १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा  साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।

 माघ १७ गते (शनिबार)

दिउँसो : प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।  

राती : प्रदेश न. १ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।  

माघ १८ गते (आईतबार)

दिउँसो : प्रदेश न. १ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भुभागका एक(दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।  

राती : प्रदेश न. १ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा  साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको साथै तराईका भूभागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।