Comments Add Comment

मकवानपुरमा एकैदिन अहिलेसम्मकै सर्वाधिक ७२ जनामा कोरोना संक्रमण

मकवानपुरमा आईतबार एकै दिन अहिलेसम्मकै सर्वाधिक थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु अधिकांश हेटौंडा उपमहानगरपालिकाकै रहेका छन् । आईतबार संक्रमण देखिएकाहरु २ वर्षिय बालक देखि ७३ वर्षिय बृद्धा सम्मलाई संक्रमण देखिएको छ । यही भदौ १९ गते स्वाब संकलन गरिएका २ सय ७५ जना मध्यमा ७२ जनामा संक्रमण देखा परेको हेटौंडाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनु भएको छ ।

थपीएका संक्रमितमा ४३ जना पुरुष र २९ जना महिला रहेका छन् भने बालबालिका पनि परेका छन् । आईतबार हेटौंडा संगै कैलाश गाउँपालिकाका ४ जना, मकवानपुर गढी गाउँपालिकाका २ जना र भीमफेदी गाउँपालिकाका ४ जना रहेका छन् । अन्य सबै जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर