Comments Add Comment

विश्वकप फुटबल : स्विट्जरल्यान्डलाई हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश

ब्राजिल विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको विश्वकप फुटबलको दोस्रो खेलमा स्विट्जरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडिमय ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन कासिमेरोले निर्णायक गोल गरेका हुन् ।

ब्राजिलका लागि कासिमेरोले खेलको ८३ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै समूह जी को ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ । पराजित स्विट्जरल्यान्डको दुई खेलबाट ३ अंक छ । यसै समूहका क्यामरुन र सर्बियाको दुई खेलबाट समान ३–३ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर