मकवानपुरमा थप ८ हजार ६ सय ४३ जना मतदाता थपिएका छन् । असार १ गते देखि साउन १९ गते सम्म जिल्लामा ८ हजार ६४३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको बागमती प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका छन् । जिल्लामा ४ हजार ५१७ जना पुरुष र ४ हजार १२६ जना महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएकोमा बाहिरी जिल्लाका २ सय ७२ जना रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बाहिरी जिल्लाका दर्ता भएका २७२ जनाको नामवली सम्बन्धित जिल्लामा पठाईने छ । यसअघि मकवानपुरमा २ लाख ९४ हजार ९१९ जना मतदाता रहेका थिए ।