प्रदेश–२ मा आज सार्वजनिक विदा भएको छ । मुश्लिम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर प्रदेश सरकारले आज दिएको हो । प्रदेश सरकार र नेपाल सरकारले दिएको विदा अतिरिक्त थप ११ वटा विदा दिएको छ, जसमा पैगम्बर महम्दको जन्म दिनलाई पनि राखिएको छ । प्रदेश –२ मन्त्रीपरिषद्को गत बैशाख २ गते बसेको बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो ।