Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

थाहा नगर कमिटिको दोस्रो परिषद् सम्पन्न-भोलिदेखि शिक्षक संगठन संस्थागत विभागले कार्यक्रम गर्ने

Company Register

Advertisement

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको अनलाइन शिक्षक प्रशिक्षणको ५३ औं सत्र तथा थाहा नगरको दोस्रो नगर परिषद् आज सम्पन्न गरेको छ ।नेपाल राष्ट्रिय शिक्षक राष्ट्रिय समित अध्यक्ष लक्ष्मण शर्माको प्रमूख आतिथ्यता तथा थाहानगर प्रमूख लवशेर बिष्ट र संगठन महासचिव संस शाहीको विशेष आतिथ्यतामा कार्क्रम सम्पन्न भएको हो ।


भेलालाइ संवोधन गर्दै प्रमूख अतिथी शर्माले शिक्षक संगठन अहिले देशभरी नै सक्रियताका साथ लागिरहेकोमा लकडाउनका समयमा ५३ औं दिनसम्म पनि मकवानपुर संगठन जिल्ला समिति निरन्तर शिक्षक प्रशिक्षणमा लागिरहेको मा खुशी ब्यक्त गर्नुभयो । शर्माले थहानगर कमिटीको दोस्रो नगर परिषद् तथा भोलिदेखि संस्थागत विभागले गर्न थालेको ICT तालिम दुबैको सफलताको कामना गर्नुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

संगठन थाहा नगर अध्यक्ष रमेशमान डंगोलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाइ सचिव मनोज लामिछानेले सञ्चालन गरेका हुन् । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य पद्मा पौडैल राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछाने, सुन्दरीमायाँ घिमिरे, बागमती प्रदेश उपाध्यक्ष सुभद्रा अधिकारी सदस्य राधा पौडेल मकवानपुर अध्यक्ष श्रीराम दाहाल उपाध्यक्ष लक्ष्मी गजुरेल, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहसचिव प्रतिमा गौतम, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल लगायतको उपस्थिती रहेको थियो ।,

यसैगरी कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुली अध्यक्ष पुरुषोत्तम पाहाडी, रसुवा उपाध्यक्ष आङ्ग माँयाँ शेर्पा,धादिङ उपाध्यक्ष देवकुमारी दनै, मकवानपुर जिल्ला समिति सल्लाहकार लक्ष्मी चौलागाइ, पूर्व सचिव केशव प्रसाद सञ्जेल, सचिवालय सदस्य कृष्ण पौडेल सहकारी अध्यक्ष सिताराम दाहाल, जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, सचिवालय सदस्य कृष्ण पौडेल, सदस्य सविता लामिछाने, भगवती पुडासैनी, शिब प्रसाद चौलागाइ, चुडा पौडेल हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी, संगठन नगर सचिव गोपिरमण प्याकुरेल, मकवानपुरगढी अध्यक्ष शिब प्रसाद लामिछाने, बकैया पालिका उपाध्यक्ष हरिरहर खनाल, धादिङ सदस्य सरस्वती पाण्डे, मणिराम छतकुली, शिक्षक महासंघ केन्द्रिय प्रतिनिधी बिष्णुमान श्रेष्ठ लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम बैशाख ६ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएकोमा ५४ औं सत्र तथा संगठन संस्थागत विभागको पहिलो सत्र भोलिदेखी शुरु हुने संस्थागत विभाग प्रमूख सचिन लामाले जानकारी दिनुभएको हो ।भोली नियमित कार्यक्रमको समय तालिका भने बिहान ७ बजे संगठन राष्ट्रिय समिति सचिवालय सदस्य कमला थापाको प्रमूख आतिथ्यतामा सञ्चालन गर्ने जिल्ला अध्यक्ष श्रीराम दाहालले बताउनुभयो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...