पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अभियुक्त करार भएका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले अदालतबाट आएको आदेशमा आफ्नो असहमति रहेको बताएका छन्। उनले अदालतको आदेशको विश्वसनीयतामा प्रश्न उठाएका हुन् ।  

सोमबार राति अदालतमा ५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका लामिछानेले अदालतको आदेशमा आफ्नो असहमति रहेको उल्ल्लेख गरे। त्यसको उपचार कानुनी बाटोबाटै गर्ने अभियुक्त लामिछानेले बताएका छन्। आफ्नी श्रीमती निकिता पौडेलको सामाजिक संजाल फेसबुक अकाउन्टबाट लाइभमा आएर लामिछानले भने, ‘सम्मानित अदालतले गरको निर्णयमा हाम्रो केही ‘रिजर्भेसन’ छ। त्यसको उपचार पनि अदालतबाटै गर्नेछौँ । हामी कानुन व्यवसायीसँग छलफल गर्ने नै छौँ।‘ चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले रवि लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई तीन लाख र अस्मिता कार्कीलाई साधारण तारेखमा छोडेको थियो ।

आफ्नो पक्षमा सडकमा आउने व्यक्तिहरूलाई धन्यवाद दिन भनेर उनी चितवनमै बसेका छन्। हिजै चितवनमा नगर परिक्रमा गर्ने कार्यक्रम रहे पनि सम्भव नभएको रविको भनाइ थियो । उनले आफ्नो लागि सहयोग गर्ने, आफ्नो पक्षमा आन्दोलन गर्ने सबैलाई धन्यवाद दिएका छन्। उनले घाइते भएकाहरूलाई पनि शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । उनले आज चितवनमा धन्यवादसभा गर्ने घोषणा पनि गरेका छन् ।

हेर्नुहोस् भिडियोः

https://youtu.be/mC-MTG5-8eE