ओली नेतृत्वको सरकारलाई बिदा गर्नुको विकल्प छैन : प्रचण्ड

Company Register

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई बिदा गर्नुको विकल्प नभएको बताएका छन् । अखिल भारत नेपाली एकता समाजले गरेको कार्यक्रमलाई आइतबार भर्चुअल सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको नालायकी र प्रतिगमनतर्फको कदमका कारण उनलाई हटाउनुको विकल्प नरहेको बताएका हुन् ।

Advertisement

‘यो सरकार कोरोना नियन्त्रणमा मात्रै नालायक भएको होइन देशमा राजनीतिक निकास दिन समेत नालायक बनिसकेको छ । निरन्तर प्रतिगमनको यात्रातर्फ अघि बढेको ओली नेतृत्वको सरकार विस्थापन नै समाधान हो,’ उनले भने । प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउन आफूले निरन्तर विपक्षी गठबन्धनसँग छलफल गरिरहेको उनले बताए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...