Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

यस्तो छ आजकाे मौसम

Company Register

आज देशभर सामान्यदेखि पुर्ण बदली  रही केही स्थानहरुमा बिहानैदेखि हल्का  वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक हुँदा बिहानैदेखि पानी परिरहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

Advertisement

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती,  गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी / धेरै भारी वर्षाको  सम्भावना छ ।

महाशाखाका अनुसार राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी  र लुम्बिनी   प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी /धेरै भारी वर्षाको  सम्भावना रहेको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...